अर्जेन्टिनाका मिडफिल्डर डी मारिया ले लिने कोपा अमेरिकाको फाइनलपछि संन्यास

खेलकुद

काठमाडौं। अर्जेन्टिनाका मिडफिल्डर एन्जल डी मारियाले  कोपा अमेरिकाको फाइनल आफ्नो करिअरको अन्तिम अन्तर्राष्ट्रिय खेल हुने बताएका छन् ।

फ्लोरिडाको मियामी गार्डेन्समा आइतबार कोपा अमेरिकाको फाइनलमा अर्जेन्टिनाले कोलम्बियाको सामना गर्दैछ ।

डी मारियाले साविक विजेता अर्जेन्टिनालाई कोपा अमेरिकाको उपाधि जिताएर आफूले संन्यास लिन चाहेको बताए।

‘कोपा अमेरिकाको फाइनल  मेरो अन्तिम अन्तर्राष्ट्रिय खेल हुनेछ । यो यात्रामा साथ दिने सबैलाई धेरै-धेरै धन्यवाद,’ डी मारियाले भने ।

सन् २००८ मा डेब्यू गरेका डी मारियाले १४४ खेलमा ३१ गोल गरेका छन्।

डी मारियाले अर्जेन्टिनालाई सन् २०२१ को कोपा अमेरिका र २०२२ को फिफा विश्वकप दिलाउ महत्वपूर्ण भुमिका निर्वाह गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *