अष्ट्रेलियाले छैठौ पटक एक दिवशीय पुरुष विश्वकप क्रिकेटको उपाधि जितेको छ । आज भएको फाइनल खेलमा भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले छैठौ पटक उपाधि जितेको हो ।
यस संगै अष्ट्रेलिया महिला र पुरुष गरि २० पटक विश्वकपको उपाधि जित्ने पहिलो टिम बनेको छ । एक दिवशीय र टि २० क्रिकेटमा अष्ट्रेलियाको महिला र पुरुष विश्वकपको कुल उपाधि संख्या २० पुगेको हो ।
अष्ट्रेलियाको कुन टिमले कहिले कुन विश्वकपको उपाधि जित्यो ?
पुरुष टिमले जितेको एक दिवशीय विश्वकपको उपाधि : सन् १९८७, सन् १९९९, सन् २००३, सन् २००७, सन् २०१५, र सन् २०२३
पुरुष टिमले जितेको टि २० क्रिकेट विश्वकपको उपाधि : सन् २०२१
महिला टिमले जितेको एक दिवशीय विश्वकपको उपाधि : सन् १९७८, सन् १९८२, सन् १९८८, सन् १९९७, सन् २००५, सन् २०१३ र सन् २०२२
महिला टिमले जितेको टि २० क्रिकेट विश्वकपको उपाधि : सन् २०१०, सन् २०१२, सन् २०१४, सन् २०१८, सन् २०२० र सन् २०२३
