असल पुरुष हुनु भनेको के हो?

सम्पादकीय

बीबीसी रील्ससँग कुराकानी गर्दै उनले असल पुरुष हुनु भनेको के हो भन्ने विषयमा स्वयं पुरुषहरू नै दुबिधामा रहेको बताए।

बारकरले आफ्नो सर्वेक्षणमा जब पुरुषले परिवारमा एक अर्काको ख्याल राख्छन् तब पूरै परिवारलाई फाइदा हुने गरेको पाए।

उनका अनुसार सकारात्मक पुरुषत्व महिला-विरोधी विषाक्त सोचलाई हटाउने एउटा औषधि हो।

उनले कुनै पनि महिलामाथि भएको यौन शोषण वा महिला विरोधी ख्यालठट्टा कतै सुन्ने बित्तिकै तुरुन्तै त्यस विरुद्ध आवाज उठाउनुपर्छ भन्ने कुरा बोध गराउनु नै पुरुषलाई यसबारे थाहा दिने सजिलो तरिका भएको बताए।

जब कुनै पुरुषले आफ्नो कार्यालय वा साथीभाइ वा आफन्तमाझ कोही अन्य पुरुषले यौन हिंसा गरेको कुरा थाहा पाए भने त्यसविरुद्ध आफ्नो आवाज बलियो बनाउनुपर्ने बताए।

पञ्जाब विश्वविद्यालयकी विमिन स्टडिज विभागकी अमीर सुल्ताना पनि महिला र किशोरीमाथि समाजमा केही गलत भइरहेको छ भने पुरुषले त्यस विरुद्ध आवाज उठाउनुपर्ने ठान्छिन्। उनका अनुसार यही नै पोजिटिभ म्यास्क्युलिनिटी हो।

यसको उदाहरण दिँदै उनी भन्छन्, “यदि तपाईँ पुरुष भएको हिसाबले घरमा निर्णय लिने अधिकार तपाईँसँग छ भने तपाईँले विवाहमा दाइजो लिन्न भन्न सक्नु भयो भने त्यो नै सकारात्मक पुरुषत्व हुनु हो।”

विषाक्त पुरुषत्व

पुरुषत्व

बारकरका अनुसार महिला सशक्तीकरण र महिला पुरुषबीच पूर्ण लैङ्गिक समानताका लागि पुरुषको एउटा महत्त्वपूर्ण भूमिका हुन्छ।

भारतमा समलैङ्गिक मानिसहरूको अधिकारका लागि वर्षौँदेखि लड्दै आएका मुम्बईका हरीश अय्यरका अनुसार असल पुरुषत्वको अर्थ एउटा यस्तो सोच हो जसमा सबै लिङ्गका मानिसहरूलाई समान स्थान दिइन्छ, उनीहरूलाई स्वागत गरिन्छ र सबैलाई बराबर अवसर दिइन्छ।

बीबीसी हिन्दीका लागि फ़ातिमा फ़रहीनसँग कुरा गर्दै हरीश अय्यरले असल पुरुषत्वको विचारधाराको जगमा नारीवाद रहेको बताए।

नारीवादको धारणा के हो भने समाज पुरुष-दृष्टिकोणलाई प्राथमिकता दिन्छ र पितृसत्तात्मक समाजमा महिलामाथि भेदभाव र अन्याय हुन्छ।

हरीश अय्यरका अनुसार असल पुरुषत्व यस्तो सोच हो जसमा एउटा फरक के छ भने यहाँ केवल महिलालाई मात्रै नभएर सबै लिङ्गका मानिसले समान अवसर पाउनुपर्छ।

आजभोलि असल पुरुषत्वबारे किन धेरै कुरा भइरहेको छ भन्ने प्रश्नमा जबाफ दिँदै हरीश अय्यर भन्छन्, “यदि समाजमा विषाक्त पुरुषत्वको कुरा भइरहेको छ भने त्यसको विरोधमा यस्तो खालको प्रगतिशील सोचको पनि कुरा हुनु स्वभाविक हो।”

हरीश अय्यर अर्को एउटा महत्त्वपूर्ण कुरा पनि भन्छन्- विषाक्त पुरुषत्व भएकाहरू केवल पुरुष मात्रै हुँदैनन् केही महिला पनि हुन्छन् जो विषाक्त पुरुषत्वलाई बढवा दिन्छन्।

सोच बदल्न आवश्यक

जयान भन्छन् कि यो समयमा जसरी राष्ट्रियताको बारेमा कुरा हुँदैछ त्यसमा पनि कतै न कतै परम्परागत पुरुषत्वले नै काम गरिरहेको छ।

उनी भन्छन्, “भारतमा स्वस्थ (हेल्दी) पुरुषत्वका बारे मानिसहरू कुरा त गर्न थालेका छन् तर त्यसलाई अझै फैलाउन आवश्यक छ। संस्थाहरूले हामीले हाम्रा छोराहरूलाई कसरी हुर्काउने र संस्कार दिने भन्नेबारे बताइरहेका छन्।”

यस्तो बेला अभिभावकहरूले कस्तो भूमिका खेल्न सक्छन्?

यसबारे अमीर सुलताना भन्छिन्, “यस्तो खालको सोच त्यही बेला परिवर्तन हुनसक्छ जब हामी बालबालिकाहरूलाई सानैदेखि छोरा र छोरी दुवै बराबर हुन् भनेर सिकाउन सक्छौँ। एक पुरुष असल पुरुष त्यही बेला हुनसक्छ जब उ पहिला असल मानिस बन्न सक्छ।”

सुलताना अब त केवल महिला र पुरुषको मात्रै नभई एलजीबीटीआईक्यूको बारेमा पनि कुरा हुन थालेको बताउँछिन्।

उनका अनुसार पूरै समाज परिवर्तन गर्न सके नै समाजले प्रगति गर्न सक्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *