आइतबार राति भएको सवारी दुर्घटनामा परी मृत्यु हुनेको संख्या दुई पुग्यो

सबै

नारायणगढ–मुग्लिन सडकखण्डमा आइतबार राति भएको सवारी दुर्घटनामा परी मृत्यु हुनेको संख्या दुई पुगेको छ । मृत्यु हुनेमा प्युठान नौबैइनी गाउँपालिका– ३ बस्ने १३ वर्षीय सोयन पुन र ट्रकका सहचालक जिल्ला सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका राम्चेका २१ वर्षीय राजन सुवेदी छन् । पुनको राति नै मृत्यु भएको हो भने सुवेदीको चितवन मेडिकल कलेजमा उपचारका क्रममा आज बिहान ८:४५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार ना.३ख ७९१५ नम्बरको ट्रकका सहचालक सुवेदीको उपचारका क्रममा मृत्यु भएको हो ।नारायणगढ–मुग्लिन सडकखण्डको भरतपुर महानगरपालिका– २९ सत्रकिलोमा मध्यराति चारवटा सवारीसाधन एक–आपसमा ठक्कर खाएका थिए । दुर्घटनामा घाइते अन्य २१ जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

रिजालका अनुसार काठमाडौंबाट प्युठानतर्फ जान आउँदै गरेको बा.४ख ९०८६ नम्बरको बस, नारायणगढदेखि मुग्लिनतर्फ जाँदै गरेको ना.३ख ७९१५ नम्बरको ट्रक, काठमाडौंबाट महोत्तरी बर्दिबासतर्फ जान आउँदै गरेको ना.७ख ३२४८ नम्बरको बस र वीरगन्जबाट काठमाडौंतर्फ जाँदै गरेको ना.६ख ८९६८ नम्बरको बस एक–आपसमा ठक्कर खाएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *