आज जनैपुर्णीमा र यज्ञोपवित अर्थात् जनै को महत्त्व

कला

यज्ञोपवितं परमं पवित्रं,
प्रजापतेर्यत्सहजं पुरस्तात्।
आयुष्यमग्न्यं प्रतिमुञ्च शुभ्रं,
यज्ञोपवितं बलमस्तु तेज:।।

जनैलाई यज्ञोपवीत भनिन्छ। यज्ञ र उपवीत दुई शब्द मिलेर यज्ञोपवीत शब्द बन्दछ। ‘यज्ञो वै विष्णु:’ यज्ञ शब्दले भगवान विष्णुलाई बुझाउँछ। ‘यज्ञार्थं उपवीतम्’ वा “यज्ञेन संस्कृतम् उपवीतम्” अर्थात् यज्ञका लागि परिधान गरिने वा यज्ञद्वारा संस्कारपूर्वक लगाइने सूत्र भन्ने अर्थ हुन्छ।

जनैलाई ब्रह्मसूत्रम्,सावित्रीसूत्रम् जस्ता नामले पनि चिनिन्छ। ब्रह्मतत्व तथा वेदतत्वको ज्ञान हासिल गर्न यो सूत्र धारण गर्नाले शक्ति प्राप्त हुन्छ भन्नेकुरा स्मृतिप्रकाश भन्ने ग्रन्थमा उल्लेख छ।
द्विजत्व संस्कार गरेर जनै लगाउने अधिकारप्राप्त व्यक्तिले बिना जनै कुनै पनि वेदविहित कर्म गर्न मिल्दैन।
सबैभन्दा मुख्य कुरा त – जनै खुस्कियो,चुंड्यो वा हरायो अनि बिना जनै जल मात्र पिइयो भने पनि एकदिन उपवास बसेर पन्चगव्यले स्नान गरेर मात्र शुद्ध हुन्छ भन्ने शास्त्रको वचन छ।
तसर्थ अटुट रुपमा जनै सधैं लगाउनु पर्छ।

उपाकर्म (जनैपूर्णिमा),उत्सर्ग,आशौचान्त (जुठो,सुतक सकिए पछि), मलामी गएर फर्किएपछि अर्थात् अश्पृष्ट श्पर्श गरेमा र लगाएको चार महिना भएपछि वैदिक विधिपूर्वक मन्त्रिएको नयाँ जनै (यज्ञोपवीत) लगाएर पुरानो जनै शिरतिरबाट त्याग गर्नु पर्छ भन्ने शास्त्रीय मान्यता रहेको छ, यसमा दुईमत नहोला।

कार्पासक्षौमगोबाल….. इत्यादि वचनले कार्पास अर्थात् कपासलाई शुद्ध मानिएको र धागो बनाउन सजिलो हुने श्वेतशुध्दाबच्छिन शक्तिले गर्दा कपासनिर्मित धागो नै जनै बनाउनका
एउटा जनै बनाउदा चारऔँलाको फेदमा ९६ पल्ट सूक्ष्म सूत्र (डोरा) बेरिन्छ।‌ जसमा ( तिथि १५ + वार ७ + नक्षत्र २७ + तत्व २५ + वेद ४ + गुण ३ + काल ३ + मास १२ = ९६ ) जम्मा ९६ देवताहरू हुन्छन्। यसैगरी २४ अक्षरले युक्त ब्रह्मगायत्री ४ वेदकै मूल भएको हुँदा २४ गुना ४ गरी ९६ अक्षरमा गायत्रीको स्मरण गरिन्छ। जनैको एक डोरामा सूक्ष्म ९ डोरा रहन्छन् जसमा ॐ कार सहित अग्नि आदि ९ तन्तुदेवताहरूको पूजा भएको हुन्छ। जनैको शिखामा रहेका ३ ग्रन्थीहरूमा क्रमश: विष्णु, ब्रह्मा र शिवजीको आह्वान गरी पूजा गरिन्छ।‌ तत् पश्चात् १०८ पल्ट गायत्री जप गरी जनैलाई प्रतिष्ठा गरेर लगाउन योग्य तुल्याइन्छ। तसर्थ जनैमा रहेका शिखा,सूत्र,डोरा तथा मन्त्र सब
यो शास्त्रले बताएको, हाम्रा ऋषिमुनिहरूले निर्देश गरेको विधि हो। नित्य लगाउदा होस् या देवकार्यहरूमा जनै “ उपवीती” सव्य वा देब्रे काँधबाट दाहिने कटितर्फ लगाउनु पर्छ। पितृकार्यमा “निवीती” वा कण्ठलम्वी मालाकार तथा “प्राचीनावीति” अपसव्य वा जनै दाहिने काँधबाट देब्रे कटितर्फ लगाउनुपर्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *