इन्द्रजात्रा हेर्न पैदल हिँडेरै वसन्तपुर पुगे भीभीआईपी (तस्बिरहरू)

मनोरञ्जन कला
काठमाडौँ, ११ असोज हरेक वर्ष काठमाडौँको हनुमानढोका दरबार परिसरमा मनाईने इन्द्रजात्रा अन्तर्गत जीवित देवी कुमारी, गणेश र भैरवको रथ जात्रा अवलोकनकालागि हनुमाढोका प्रवेश गर्ने क्रममा काठमाडौँ महानगरपालिकाका नगर प्रमुख वालेन्द्र शाह । तस्बिर : रत्न श्रेष्ठ/रासस

काठमाडौं उपत्यकाको चिनारीसँग जोडिएको इन्द्रजात्रा अवलोकनका लागि भीभीआईपीहरू हिँडेरै वसन्तपुर पुगेका छन् । जुद्धशम्शेरको शालिकदेखि उनीहरू वसन्तपुरसम्म हिँडेर गएका हुन् ।

राष्ट्रपति रामचन्द्र पौडेल, उउपराष्ट्रपति रामसहायप्रसाद यादव, सभामुख देवराज घिमिरे, गृहमन्त्री नारायणकाजी श्रेष्ठ, शिक्षामन्त्री अशोक राई, पर्यटनमन्त्री सुदन किराती, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह, उपमेयर सुनिता डंगोल लगायत हिँडेरै इन्द्रजात्रा अवलोकनका लागि पुगेका हुन् ।

काठमाडौँ, ११ असोज हरेक वर्ष काठमाडौँको हनुमानढोका दरबार परिसरमा मनाईने इन्द्रजात्रा अन्तर्गत जीवित देवी कुमारी, गणेश र भैरवको रथ जात्रा अवलोकनकालागि हनुमाढोका प्रवेश गर्ने क्रममा सभामुख देवराज घिमिरे । तस्बिर स् रत्न श्रेष्ठररासस

काठमाडौं महानगरपालिकाले हनुमानढोका परिसरभित्र सवारी साधन निषेध गरेपछि भीभीआईहरू हिँडेरै इन्द्रजात्रा हेर्न पुगेका हुन् । महानगरले असारदेखि महिनाअघि सम्पदा क्षेत्रमा सवारीसाधन चल्न रोक लगाएको छ । यसअघि इन्द्रजात्रा अवलोकन गर्न वसन्तपुरस्थित गद्दी बैठकसम्म सवारी हुने गरेपनि यसपटक भने भीभीआईपीहरू नै हिँडेर इन्द्रजात्रा हेर्न पुगेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *