ऋषि धमला पटमूर्ख घोषित, जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज साह ‘महामूर्ख’ घोषित

घटना मनोरञ्जन

काठमाडौँ । सञ्चारकर्मी ऋषि धमलालाई पटमूर्खको उपाधि प्रदान गरिएको छ । मङ्गलवार जनकपुरधामस्थित जानकी मन्दिरको प्राङ्गणमा होली उत्सवको अवसरमा आयोजित महामूर्ख सम्मेलनमा धमला पटमूर्ख घोषित गरिएको हो । 

आयोजकले उनलाई पटमूर्ख घोषित गर्दै त्यसको उपाधि प्रदान गरेको थियो । मिथिला नाट्यकला परिषद्ले प्रत्येक वर्ष होली पर्वको अवसरमा महामूर्ख सम्मेलन आयोजना गर्दै आएको छ । सो अवसरमा जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज साह यस वर्षको ‘महामूर्ख’ घोषित भएका छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *