एकजना पनि नेपाली खेलाडी अटाएनन् आइपीएल २०२४ अक्सनमा

अन्तर्राष्ट्रिय

सन् २०२४ मा हुने इन्डियन प्रिमियर लिग (आइपीएल) को अक्सनमा एकजना नेपालीले पनि स्थान पाएनन्। पछिल्ला केही सिजनमा नेपालका स्पिनर सन्दीप लामिछानेले स्थान बनाए पनि आगामी सिजनमा कुनैपनि खेलाडी अटाउन सकेका छैनन्।

पछिल्लो समय क्रिकेटमा राम्रो प्रदर्शन गर्दै आएको नेपालका केही खेलाडीले आगामी सिजनको आइपीएलमा स्थान बनाउने आशा गरिएको थियो। तर, यसअघि अक्सनमा पर्दै आएका लामिछाने पनि यसपटक अक्सनमा पर्न सकेनन्।

१९ डिसेम्बरमा दुबईमा हुने आइपीएल २०२४ को अक्सनमा विश्वभरका ३३३ खेलाडी सहभागी हुँदैछन्।

अक्सनमा सबैभन्दा धेरै भारतका २१४ खेलाडी रहेका छन् भने ११९ विदेशी खेलाडी रहेका छन्। जसमा १११ क्याप्ड र २१५ अनक्याप्ड खेलाडी छन्।

१० टोली सम्मिलित आइपीएलमा ३३३ खेलाडीमध्ये जम्मा ७७ जना खेलाडी छनोट हुनेछन्।

यस्तो छ बीसीसीआईले जारी गरेको ३३३ जना खेलाडीको सूचीः  

 डाउनलोड गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *