एमाले अध्यक्ष ओलीको निजी निवास बालकोटमा खटिएका सुरक्षा प्रमुखको ज्यान गयो

सबै

नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको नीजि निवास बालकोटमा सुरक्षार्थ खटिएका सुरक्षा प्रमुख उमेश थापाको ज्यान गएको छ ।भक्तपुरको सूर्यविनायक नगरपालिका वडा–९ गुण्डु बस्ने सशस्त्र प्रहरी प्रधान कार्यालय हल्चोकमा दरबन्दी भएका थापा अध्यक्ष ओलीको नीजि निवास बालकोटमा सुरक्षा प्रमुखका रूपमा खटिनुभएको थियो ।

सशस्त्र प्रहरी निरीक्षक ४२ वर्षका थापा हिजो बेलुका खाना खाएर सुतेको र आज बिहान साढे ५ बजे अचेत अवस्थामा फेला परेका जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।परिसरका प्रहरी नायव उपरिक्षक एवम् सूचना अधिकारी राजन कार्कीका अनुसार थापालाई तत्कालै उपचारका लागि भक्तपुर अस्पताल लगिएको थियो । उहाँको उपचारका क्रममा ज्यान गएको हो । थप अनुसन्धान भइरहेको र शव पोष्टमाटर्मको लागि टिचिङ अस्पताल महाराजगन्ज पठाइएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *