श्रीपरमानन्द संस्कृत गुरूकुलम् मा निर्माणाधीन गुरूकुलम् भवनको श्रीवृद्धिकालागि श्रीपरमानन्द संकृत छात्र परिषद कला विभागबाट आचार्यतहसम्म पठनपाठन भैरहेको गुरूकुलम् लाई रू.२०००००( अक्षरेपि रू दुईलाख सहयोग गर्नुभएकोछ।
गुरूकुलम् लेपूर्वीयदर्शनको अनुसन्धानात्मक तवरबाट शिक्षाप्रदान गर्दैआएको छ।

गुरूकुलम् मा हाल कक्षा छ देखि आचार्य सम्म निःशुल्क पठनपाठन गराईन्छ।
सहयोग प्रदान कार्यक्रम मा कला विभागका अध्यक्ष आचार्य पण्डित प्रकाश पाण्डे , निवर्तमान अध्यक्ष पण्डित प्रताप कण्डेल,पूर्व अध्यक्ष वर्तमान सल्लाहकार संयोजक पण्डित कृष्णप्रसाद निउरे ,सचिव गोविन्दराज दहाल,सदस्य नारायण सापकोटा,दुर्गा कण्डेल, गिता साकोटा को उपस्थित थियो। गुरूकुलम् एवं हरिहर संन्यास आश्रम का पिठाधीश
१००८ स्वमी ज्ञानानन्द सरस्वती जी महाराज ले सहयोग ग्रहण गर्दै गुरूकुलम् को भावि दीर्घ योजनाका वारेमा प्रष्ट पार्नु भयो।
