काठमाडौँ मै घर भएर पनी पूर्वराष्ट्रपति रामवरण यादव र विद्यादेवी भण्डारीले सरकारबाट लाखौं घर भाडा छोड्दैनन्

घटना

काठमाडौँमा घर भएका पूर्वराष्ट्रपति रामवरण यादव र विद्यादेवी भण्डारीलाई सरकारले लाखौं रकम घर भाडा र अन्य खर्चका रूपमा उपलब्ध गराएको छ।

गत आर्थिक वर्षमा यादवको लागि ४६ लाख २५ हजार ६१५ रुपैयाँ र भण्डारीका लागि ३५ लाख १८ हजार ५५५ रुपैयाँ खर्च गरिएको छ। यसमा तलब, घर भाडा, कर्मचारीको तलब, बिजुली र पानीको खर्च समावेश छ।

यी पूर्वराष्ट्रपतिलाई सरकारले एक उपसचिव, हलुका सवारी चालक र कार्यालय सहयोगी उपलब्ध गराएको छ, र दुवैका लागि मासिक रूपमा भाडा भुक्तानी गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *