काठमाडौंमा ४.५ म्यागनिच्युटको भूकम्पको धक्का

नेपाल

काठमाडौं, कात्तिक ७ गते

काठमाडौंमा बिहीबार बिहानको राती भूकम्पको धक्का महसुस भएको छ । निद्रामा सुतिरहेका मानिसहरू घर बाहिरसम्म हल्ला गर्दै निस्केका देखिन्थे । 

रातको करिब १ बजेर १९ मिनेटको समयमा भूकम्पको धक्का काठमाडौंको उपत्यकामा गरिएको हो । 

राष्ट्रिय भूकम्प मापन केन्द्रका वरिष्ठ भूकम्पविद डा. लोकविजय अधिकारीका अनुसार ४.५ म्यागनिच्युटको भूकम्प गएको छ ।  मकवानपुर जिल्लाको चित्लाङ केन्द्रबिन्दु भएर यो भूकम्प गएको हो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *