
पोखराबाट गुल्मी तम्घास आउँदै गरेको लु १ ख ८१७५ नम्बरको बस रिडीमा दुर्घटना हुँदा बसका सहचालक ४० वर्षीय युवराज कुँवरको मृत्यु भएको उक्त बसमा १३ जना सवार रहेका जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले बताए
कुँवरको पाल्पास्थित लुम्बिनी मेडिकल कलेजमा उपचारको क्रममा उनको मृत्यु भएको भएको हो । जिल्लाको रुरुक्षेत्र गाउँपालिका वडानम्बर–१ मक्वादी स्थित रिडी–तम्घास पक्की सडक खण्डमा दुर्घटनामा १२ जना घाइते भएका छन् । घाइते सबैको पाल्पामा उपचार भइरहेको छ । बस सडकबाट अन्दाजी ५०-६० मिटर तल खस्न गई दुर्घटना भएको प्रहरीले जनाएको छ ।