चिच्चाएर वर माग्ने अनौठो मेला सकियो, भेटी मात्रै उठ्यो १८ लाख

घटना नेपाल

पाल्पा – नेपालकै अनौठो मध्येको एक पाल्पाको तिनाउ गाउँपालिका ४ सत्यवती तालमा लागेको पाँच दिने धार्मिक मेलामा १८ लाख ५० हजार ३ सय ३१ रुपैयाँ भेटी संकलन भएको छ ।
प्रत्येक वर्ष कात्तिके एकादशीको अवसरमा लाग्दै आएको चिच्चाएर वर माग्ने धार्मिक मेलामा पाल्पा सहित छिमेकी मुलुक भारतबाट समेत भक्तजन आएका थिए । 

आफुले चाहेको मनोकामना पुरा हुने धार्मिक विश्वसका कारण हरेक बर्ष लाखौंको संख्यामा यहाँ श्रदालुभक्तजन आउने गर्दछन । यस वर्ष पनि करिब साढे दुई लाख झत्तजनले सत्यवती बजैको दर्शन गरेको मेला मुल आयोजनक समितिका संयोजक एवं तिनाउ गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठले जानकारी दिनुभयो ।

यस वर्ष जोक नपरेका कारण गत वर्ष भन्दा यस वर्ष करिब एक लाख भक्तजन घटेको अध्यक्ष श्रेष्ठले बताउनुभयो । जोक परेको वर्ष गरेको भाकल पुरा हुने जनविश्वास रहेका कारण जोक वर्षमा भक्तजन धेरै पुग्ने गरेका छन ।
गत वर्षको सत्यवती बजैको चिच्याएर वर माग्ने मेलामा झण्डै पौने चार लाख भक्तजनले मन्दिरको दर्शन गरेका थिए ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *