जगदम्बा स्टिलमा मजदुरको मृत्यु

सबै घटना

 बाराको सिमरा स्थित जगदम्बा स्टिलमा कार्यरत मजदुरको ज्यान गएको छ । वीरगञ्ज महानगरपालिका – ३१ निवासी भुलन चौधरीको मङ्गलवार कार्यक्षेत्रमा ज्यान गएको हो ।

करिब ३ दशकदेखि जगदम्बा स्टिलमा कार्यरत मजदुर चौधरी काम गर्ने क्रममा एक्कासि ढलेपछि उपचारको क्रममा मृत्यु भएको उद्योग प्रशासनले जनाएको छ ।

चौधरीले उद्योगभित्र वर्कसपका काम गर्दै आएका थिए । उनको परवानीपुरस्थित एलएस न्युरो अस्पतालमा उपचारको क्रममा मृत्यु जनाइएको छ । 

मृतकका भतिज श्रीराम चौधरीले ब्रेन ह्याम्रेर्जका कारण मृत्यु भएको उद्योग प्रशासनले जनाएको बताएका छन् । 

चौधरीको मृत्युपछि उद्योग प्रशासनले मृतक परिवारलाई १० लाख क्षतिपूर्ति र ५० हजार क्रिया खर्च दिने सहमति भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *