
काठमाडाैँ- सर्वसाधारणका लागि धरहरा प्रवेश बिहीबारदेखि खुला गरिएको छ। 2०७२ वैशाख १२ को महाभूकम्पले ढलेको धरहरा नौ वर्षपछि सर्वसाधारणका लागि धरहरा खुलेको हाे।
सर्वसाधारणले नवनिर्मित धरहरा नि:शुल्क रूपमा चढ्न पाउनेछन्। प्रत्येक घण्टा एक सयजनाले धरहरा चढ्न टिकट पाउनेछन्। धरहरा खुलेसँगै आज धरहरा चढ्नका लागि नागरिकहरुकाे भिड छ।

धरहरा प्रवेश खुलेसँगै यस क्षेत्रको भिड नियन्त्रणका लागि गृह मन्त्रालयले थप प्रहरी परिचालन गर्ने भएको छ। खानेपानीको व्यवस्था काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले गर्नेछ।
तत्कालीन प्रधानमन्त्री केपी ओलीले तीन वर्ष अघि २०७८ वैशाखमा धरहराको उद्घाटन गर्दै सर्वसाधारणका लागि खुला गरेको घोषणा गरेका थिए।
थप तस्बिरहरु
