झापामा १५ वर्षीया किशोरी बलात्कृत

नेपाल

झापामा १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । 
पक्राउ पर्नेमा मेचिनगर नगरपालिका ७ सत्तिघट्टा बस्ने २१ वर्षीय अमित राजवंशी रहेका छन् । उनलाई बिहीवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
राजवंशीले ती किशोरीलाई सोही नगरपालिका ८ मा रहेको चिया बगानमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *