टिकटक बन्द गर्ने निर्णय विरुद्द सर्वोच्च अदालतमा १० वटा रिट, क-कसले गरे दर्ता ?

घटना

नेपालमा टिकटक बन्द गर्ने निर्णय विरुद्द सर्वोच्च अदालतमा १० वटा छुट्टा छुट्टै रिट दर्ता भएका छन्। तिहार विदापछि आज अदालत खुलेपछि सर्वोच्चमा १० वटा रिट दर्ता भएका हुन् ।

१० वटै रिट आज दर्ता भएका हुन् । सबैजसो रिटमा टिकटक माथि प्रतिबन्ध लगाउने नेपाल सरकारको निर्णय बदर गर्न माग गरिएको छ। टिकटकमाथि प्रतिबन्ध लगाउँदा नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रता हनन भएको,  र निर्णय गर्दा कुनै कानूनी आधार नटेकेकोले सरकारको निर्णय खारेज गर्नको लागि अन्तरिम आदेशको माग गरिएको छ।  

मङ्सिर २ गते शनिवार भएको, र मङ्सिर ३ गते छठ पर्वको सार्वजनिक विदा परेकोले यी रिट माथि मङ्सिर ४ गते प्रारम्भिक सुनुवाई हुने छ । कार्तिक २७ मा बसेको मन्त्रिपरिषदको बैठकले  टिकटक बन्द गर्ने निर्णय गरेको थियो ।

क-कसले दर्ता गरे रिट ?

१. अधिवक्ता यज्ञमणि न्यौपाने समेत 

विपक्षी बनाईएको : प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबार काठमाडौ , संचार तथा सूचना प्रविधि मन्त्रालय सिंहदरबार काठमाडौ / नेपाल दूरसंचार प्राधिकरण काठमाडौ

२. अधिवक्ता डा.सुनिल रंजन सिंह

विपक्षी बनाईएको : प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबार काठमाडौ , संचार तथा सूचना प्रविधि मन्त्रालय सिंहदरबार काठमाडौ / नेपाल दुरसंचार प्राधिकरण जमल काठमाडौ

३. अधिवक्ता त्रिलोक बहादुर चन्द

विपक्षी बनाईएको : प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबार काठमाडौ , संचार तथा सूचना प्रविधि मन्त्रालय सिंहदरबार काठमाडौ , नेपाल टेलिकम भद्रकाली प्लाजा काठमाडौ / नेपाल दुरसंचार प्राधिकरण अनु्गमन महाशाखा जमल काठमाडौ

४. अधिवक्ता अनन्तराज लुईटेल समेत

विपक्षी बनाइएको : प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबार काठमाडौ , कानून न्याय संसदिय मामिला मन्त्रालय सिंहदरबार काठमाडौ / सूचना प्रविधि तथा संचार मन्त्रालय सिंहदरबार काठमाडौ

५. फर्सुराम पाण्डे

विपक्षी बनाइएको :  प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबार काठमाडौ , संचार तथा सूचना प्रविधि मन्त्रालय सिंहदरबार काठमाडौ / नेपाल दूरसंचार प्राधिकरण जमल काठमाडौ

६. वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी

विपक्षी बनाइएको :  प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबार काठमाडौ , नेपाल दूरसंचार प्राधिकरण जमल काठमाडौ / सूचना तथा संचार मंत्रालय सिंहदरबार काठमाडौ

७. अधिवक्ता अञ्जन धिताल

विपक्षी बनाइएको :  प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबार काठमाडौ , संचार तथा सूचना प्रविधि मन्त्रालय सिंहदरबार काठमाडौ / नेपाल दुरसंचार प्राधिकरण जमल काठमाडौ

८. अधिवक्ता भद्र प्रसाद नेपाल (स्वागत) नेपाल

विपक्षी बनाइएको : प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबार काठमाडौ , संचार तथा सूचना प्रविधि मन्त्रालय सिंहदरबार काठमाडौ / नेपाल दुर संचार प्राधिकरण राष्ट्रिय नाचघर काठमाडौ

९. अधिवक्ता रामकृष्ण बन्जारा

विपक्षी बनाइएको : प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबार काठमाडौ , सुचना तथा संचार मन्त्रालय सिंहदरबार काठमाडौ / महानिर्देशक नेपाल दुर संचार प्राधिकरण जमल काठमाडौ

१०. अधिवक्ता प्रेमराज सिलवाल

विपक्षी बनाइएको : सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबार काठमाडौ , मन्त्रीपरिषदको कार्यालय सिंहदरबार काठमाडौ / सूचना तथा संचार प्रविधि मन्त्रालय सिंहदरबार काठमाडौ 

Leave a Reply

Your email address will not be published. Required fields are marked *