तराईबासी र कालो छाला हुनुपनी काठमान्डौको लागि अभिशाप ! यहाँ गरिबको उपचार हुदैन -: पिडीत

नेपाल घटना

दिपेन्द्र कडेल ( पिडीत को साथी)

ईमर्जेन्सी बिरगंज बाट काठमान्डौ लिभर डिजिज उपचारको लागि एम्बुलेन्समा आईपुग्यो ! 

सर्बप्रथम उ वीर अस्पताल पुगेछ अस्पतालले ईमर्जेन्सीमा समेत नराखी एम्बुलेन्स बाटै दलालको सेटिङमा नेपाल नेशनल हस्पिटल कलन्की आईसियु छ भनी पठाएछ उ फेरि टिचिङ हस्पिटल गएछ त्याहा फेरि बिरकै कथा दोहोरिएछ ! एम्बुलेन्स ले प्रेशरगर्न लागेछ ! हस्पिटल बाट चाडो आउनुस एकमात्र बेड खालिछ भनी फोन आउन थालेछ! एक सरकारी कर्मचारीले सरकारी अस्पतालमा भर्ना पाएनन् परिवार आत्तिए अन्न्तत कलन्की प्राईबेट हस्पिटल लगे अब त्यहाको नाटक शुरुभो ! ७ दिनमा ३ लाख खर्च बिरामि रिकभर छैन ! शरिरमा घोच्ने ठाउँ कहि बाकी छैन ! अनि म पुगे ! कलन्की डिस्चार्ज माग्ने कुरा अघि बढाय तेस्पछी अस्पताल पैसा सक्किएको भान पाएपछि ३ दिन लावारिश उपचारमा उसलाई राख्यो यो ३ दिन मेरो पूरा प्रयाश केवल बिरको ईमर्जेन्सी छिराउन मात्रै  बित्यो ! १० औ दिन बिरामि पुनः प्यासेन्ट सहित ई.गेटमा लगे फेरि तेहि पारा मपनी जबर्जस्ति प्यासेन्ट एम्बुलेन्स बाट उतारी लगे पछि उ रेड जोनमा दिनभर उपचार हाई रिकस्मा साईन गरेर राखियो ! फेरि आईसियुको कुराले टर्चर हुन थाल्यो हामीले भन्यौ अब जे हुन्छ यहि हुन्छ ! करिब ४२ जनाको प्रयास अनि सहयोगमा अन्न्तत मा.पुर्ब मन्त्री अजय चौरसिया, मा.श्याम पटेल पुर्ब नगर प्रमुख आ.लोक नारायण यादव, उधोग मन्त्री स्वकीय सचीव आ.राकेश यादव दाइ  लगाएतको प्रमुख अनि हामी सबैको सहायक भुमिकामा मनोज राउत आईसियु वार्डमा ६ बजे साझ सिफ्ट भयो अब उ सहि ठाउँमा सहि डक्टरकाहा उचित लागतमा उपचाररत छ !

यसो लेख्दै गर्दा कसैलाई लाग्यो होला कि मलाई भनेको भए भै हाल्थियो तर कुरा भनसुन, पावर, पैसा , प्रशनालिटिको हैन कुरा आम जनता गरिब जनता अशिक्षित जनता कसरी उपचार बिना मरिरहेका छन् अनि कसरी लुटिईरहेका छन् भन्ने यथार्थ सन्देश को लागि हो ! अनि कसरी बन्छ भनौ यो देश अनि कसरी खुसिहुने गणतन्त्र संघीयता भनेर ! यो त केवल उदाहरण हो ! यस्ता भयानक  भयावह अवस्था प्रयाप्त छ नेपालमा ! 

जे गरि बिरामी भयौ मतलब भएन हुन नहुने बिरामी भयौ !

अन्त्यमा शिघ्र स्वास्थ्य लाभको कामना मित्र ! 

जय पशुपतिनाथ !

Leave a Reply

Your email address will not be published. Required fields are marked *