

राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम पोखरिया नगरपालिका भेला भव्यरुपमा सम्पन्न भएको छ। भेलाले प्रदीप पटेलको सभापतित्वमा ११ सदस्यीय कमिटी निर्बिरोध चयन गरेको हो।
पोखरिया नगरपालिका भेला तथा ११ सदस्य नगर कमिटी गठन भएको छ। उक्त नगर कमिटीमा नगर सभापति प्रदिप पटेल, उपसभापति बिध्यानन्द ठाकुर, सचिवमा खलिल आलम लगाएत पदाधिकारीहरु तथा सदस्यहरु सर्व सहमति तथा बिधि बिधान अनुसार चययन हुनुभएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी पर्सा जिल्ला संयोजक हरि पन्तको सभापतित्वमा सम्पन्न उक्त भेलामा कार्यक्रमका प्रमुख अतिथि तथा केन्द्रिय सदस्य डा. नन्दन यादवले पार्टी सभापतिलाई विपक्षीहरुले निराधार आरोप लगाएर हिलो छ्याप्ने प्रयास गरेको आरोप लगाए। संगठन विभाग उप प्रमुख प्रमोद रायमाझीले सहजीकरण गरेको उक्त भेलामा क्षेत्रीय सभापति शाने अलिले स्वागत भाषण गरे। निवर्तमान संयोजक दिलिप कुर्मी, उप संयोजक तुल्सा पौडेल ,शिक्षा प्रमुख सबु कडेल लगायतले मन्तव्य राखेका थिए।
कार्यक्रममा प्रदेश सदस्य सुदिस प्रजापति, क्षेत्रीय सभापति फैयाज मिया, जितेन्द्र मिश्र, यातायात विभाग प्रमुख राम आर्य, शिक्षा विभाग उप प्रमुख सोना लाल पटेल, वडा सभापति माइकल साप्कोटा, लालकीशोर प्रसाद पटेल, प्रदिप पटेल ,मुना साह, कासिम मियालगायतको सहभागिता थियो।