देउसी भैलीको सम्बन्धमा जोडिएका तथ्य

कला नेपाल

दशै तिहार बहिष्कारको भूत चडेका  संस्कारहीनहरू -ईतिहास हेर्ने  गर।

-आचार्य  पण्डित  प्रकाश पाण्डे

वलिराज-  विरोचनका पुत्र,प्रह्लाद का नाति,हिरण्यकशिपुको पनाति, हुन्। वलिराजा दानवीर, ज्ञानी र परोपकारी असुर राजा हुन् । पूर्वीय दर्शन एवं हिन्दू वाङ्मयमा वलिलाई दैत्यराज भनी उल्लेख गरेको पाइन्छ । आफ्ना सैनिक तथा प्रजाले वलिलाई ‘स्वर्गको समेत राजा हुन सक्नुहुन्छ’ भन्ने सल्लाह दिए । त्यसकारण  बलिराजाले देवतासँग युद्ध गरे, जसलाई देवासुरसङ्ग्राम भनियो ।  युद्धमा देवताको हार भयो । स्वर्गका राजा इन्द्र आफ्नो राजगद्दी त्यागेर भागे । देवताहरू हारगुहार गर्दै विष्णुकहाँ पुगे । विष्णुलाई ठूलो समस्या पर्यो, किनभने हिरण्यकशिपु मात्र होइन, उनका पनाति बलि पनि विष्णुका अनन्यभक्त थिए ।  उनले युद्द गरेर होईन जुक्ती निकालेर देवतालाई बचाउने प्रयत्न गरे । बलिराजाले स्वर्गमा अश्वमेध यज्ञ गरिरहेकाबेला  ब्राह्मण बटुक) वामन, विष्णु उपस्थित भए । वामनलाई देखेर बलिराजाले विनम्रतापूर्वक स्वागत गर्दै आफूकहाँ आउनुको कारण सोधे ।  आग्रह सुनेर वामनले आफूलाई तीन पाउ जमिन चाहिएको सोही ईच्छा लिएरआएको भन्नुभयो । दानवीर बलिले अनौठो मानि ब्राह्मण देव हात्ती ,घोडा ,धन,अनिराज्यको एकभाग पनि दिन तयार छु ।

तर यो तिनपाउ जमिन मागेर सारा प्रजासामु लज्जित नबनाउन आग्रह गर्नुभयो । वामनले मान्नु भएन, वलिले तिनपाउ जमिन दिदैगर्दा कुलगुरू शुक्राचार्यले यथार्थ बुझेर रोक्नुहुन्छ।तर वाचाहारिने डरले गुरूको आदेशनमानि संकल्प गरि दिनुहुन्छ।                  विष्णुले विशाल रूप धारण गरेर एक पाउले पृथ्वी र अर्को पाउले आकाश ढाकिदिए । बाँकी एक पाउ दानका लागि राजा बलिले आफ्नो शिर दिए । दुई पाउलाई ठाउँ पुग्यो, अब अर्को पाउका लागि ‘देऊ शिर’ भन्दै शिर मागेको हुँदा ‘देऊ शिर’ बाट देउसिरे भएको हो भन्ने भनाई रहेको छ । बलिराजाको शिर पातालमा धसिएका थिए । त्यसपछि पाताल भासिएका बलिराजाले विष्णुलाई  मर्त्यलोक जान चाहन्छु भनी माग गरेपछि विष्णुले यमपञ्चकको पाँच दिन उनलाई मर्त्यलोक आउन पाउने अनुमति दिए । उनी मर्त्यलोक आउने भनेपछि पाँच दिन सम्म मर्त्यलोकलाई झकिझकाउ बनाउँदै नाचगान गरी देउसी–भैलो खेल्ने चलन सुरु भएको हो भन्ने पौराणिक मत  पाइन्छ ।  

 जुम्ली इतिहासमा। 

बलिराजा कल्यालवंशी राजाहरूको प्रथम राजा थिए । खस राज्यको पतन भएपछि कल्यालवंशी शासनको सुरुवात  बलिराजाले गरेका थिए । उनले संयुक्त र एकल गरी वि.सं. १४५५ देखि वि.सं. १५०२ सम्म शासन सञ्चालन गरेका थिए। ।  उनले वि.सं. १४५५ मा बडेराजा मलय बर्माका छोरा मेदिनी बर्मासँग मिलेर जुम्लामा संयुक्त शासन सञ्चालन गरेका थिए । पछि बलिराज रावलले एक्लै शासन गरेका थिए।

 बलिराजाले जुम्लामा शासन सञ्चालन गरेको समयसम्म जुम्ला राज्यको खस समाजमा दासदासी प्रथा चलिरहेको थियो । उक्त प्रथा अनुसार पैसा हुनेले गरिबका छोराछोरी किनेर मन्दिरमा बलि दिने गरिन्थ्यो । पछि मानब बलि प्रथालाई हटाईयो ! मानब बलीको सट्टा बालबालिकालाई मन्दिरमा त्यत्तिकै छाड्न थालियो । जसलाई देवादासी नामाकरण गरियो ।

 बच्ची मन्दिरमा चाधौनेहरूको संख्या यति धेरै थियो कि मन्दिरमा चढाईएको चधावाले उक्त मन्दिरमा आश्रीत देवादासीहरूलाई खान पुग्न छोड्यो ! जसले चरम गरिबीको सिर्जना भयो र बाच्नको लागि शरीर  बेच्नेपरम्पराको शुरुवात भयो ।यस्तो नारकीयजीवनबाट मुक्तिदिन बलिराजाले उनीहरूको जीविकोपार्जनलाई सहज बनाउनको लागि ती देवदासीलाई लक्ष्मीपूजाको दिनदेखि भिक्षा माग्न घर–घर जान अनुमति दिएका थिए । अनि उनीहरू घर घर आउदा, सबै जनतालाई भिक्षा दिन उर्दी जारी गरेका थिए । 

 देवदासीले विशेषतः औँसीको दिन मात्र भैली खेल्ने गर्दथे । भैलीको अर्थ भलो होस् भन्ने हो । उनीहरूले आफू आएको जानकारी दिने क्रममा ‘देवदासी’ भन्दाभन्दै त्यसैको अपभ्रंश भई ‘देउसिरे’ भएको हो भन्ने भनाइ पनि देखिन्छ ।  

 जुम्ली राजा बलिराजाकै पालोमा भारतबाट प्रवेश गरेको मुसलमान लडाकुहरूसँग युद्ध गर्नुपरेका कारण राज्य आर्थिक रूपमा कमजोर हुन पुग्यो । 

      त्यसैले जनताबाट कर उठाएर राज्यको आर्थिक स्थिति मजबुत बनाउन बलिराजले देउसी–भैलो खेल्न लगाएर आर्थिक संकलन गरेको हुँदा त्यही समयदेखि देउसी–भैली सुरु भएको हो भन्ने भनाइ समेत भेटिन्छ । 

     बलि (बलिहाङ) राजा इशाको १४औँ शताब्दीतिरका वर्तमान पाल्पा जिल्लामा पर्ने बल्ढेङ्गी गाविसमा पर्ने बलिहाङ रानामगरले स–साना मगर राज्यलाई एकीकरण गरी शक्तिशाली मगर राज्यको स्थापना गरेका थिए  । मगर राजा बलिहाङ अत्यन्तै न्यायप्रेमी, धर्मात्मा तथा प्रजाभक्त थिए । उनलाई आफ्ना जनताले असाध्यै माया र सम्मान गर्दथे । 

एक दिन बलिराजालाई सपनामा कार्तिक औँसीको रातमा उनको मृत्यु हुने भविष्यवाणी भयो । त्यसपछि उनले आफ्ना सबै जनतालाई बोलाएर उक्त भविष्यवाणी सुनाए । त्यो सुनेर सारा जनता शोकमग्न भएर रुँदै, कराउँदै आफ्ना प्रिय राजालाई बचाउने उपायको खोजीमा लागे । अन्तमा सबै जनताले स्वयं राजालाई भेटेर बिन्ती गरे, ‘के गर्दा हामीले तपाईंलाई बचाउन सक्छौँ ?’ वलिले ‘कार्तिक औँसीका दिन मलाई लिन काल आउँदा सबैको घरमा उज्यालो बालेर उनलाई अनुरोध गर्न सके म बाँच्न सक्छु ।’ त्यो सुनेपछि सबै जनताले कार्तिक औँसीको दिन राजाले भनेजस्तै सबैले घरघरमा बत्ती बालेर झिलीमिली पारेर रातभरि ‘फाइलो–फाइलो’ (मगरभाषामा बचाऔँ बचाआँ) भन्दै रात कटाए । यसरी राजाप्रति जनताहरूको अगाध माया देखेर कालले राजालाई प्राणदान दिएर फर्के । 

यसरी जनताको अगाध मायाका कारण आफू बाँचेको हुनाले बलिराजाले तीन दिनसम्म खुसियाली मनाउन आदेश दिए । जनताहरू त्यही खुसियाली मनाउँदै घरघरमा भेला भएर नाचगान, हाँसखेल गर्दै हिँड्न थाले । यसरी घरघरै मनोरञ्जन गर्दै, नाचगान गर्दै हिँड्ने क्रममा ‘हामी त्यसै आएको होइन, बलिराजाले पठाएको’ भन्दै देउसी–भैलोको सुरुवात भएको हो भन्ने भनाइ मगर समुदायमा भेटिन्छ ।

 बलिराजा दैत्यराजा हिरण्यकशिपुका पनाति,  जुम्लाको  कन्यालवंशी राजा बलिराज रावल , पाल्पाली मगर राजा बलिहको पालदेखिनै देउसी–भैलोको प्रसङ्ग जोडिएको पाइन्छ । यसकारण  तिहार पर्व हिन्दु र किरातको संयुक्तअनि ॐकारपरिवार को साझा पर्व हो ! 

         तर विडम्बना क्रिसमसमा रातभर नाचगान हो- हल्ला गर्दा नहेर्ने सुरक्षा निकाय, तिहार पर्वमा देउसी- भैलीखेल्न ९ बजेसम्मको समय तोक्दा

 धर्म ,संस्कार,परम्परा रितिथिति मास्नेभुमिकाकोबाट हुदैछ…….

आचार्य  पण्डित  प्रकाश पाण्डे

Leave a Reply

Your email address will not be published. Required fields are marked *