“धन तेरस”को चर्चा

कला

कार्तिक कृष्ण त्रयोदशीको यो दिन धन्वन्तरी त्रयोदशी अर्थात धन्वन्तरी जयन्तीको दिन हो । धन्वन्तरी त्रयोदशीलाई छोटकरीमा धन त्रयोदश अथवा भारतीय हरू धन तेरस भनेर मनाउछन्।। आयुर्वेदका प्रवर्तक भगवान धन्वन्तरीको जयन्तीको रुपमा आरोग्यताको कामना गरि मनाइने पर्व तीहारको प्रकृति पुजन कोरूपमा सम्वन्धित छ ।

तर धन तेरसमा भारतीय व्यापारीहरुले आयुर्वेदका धन्वन्तरीको नाम मेटाएर धन पैसा र सामान खरिद गर्नु पर्ने प्रचार गराएकोदेखिन्छ।हामी नेपालीहरु पनि उनैको कुरामा विश्वास गरेर सामान किन्ने दिनको रुपमा लिएकाछौ।

यो धन तेरस धन पैसा र सामानको तेरस होइन, धन्वन्तरीको सम्मान र आयुर्वेदको साधनाको रुपमा मनाउने तेरस हो । हाम्रो संकृतिमा विकृति पैदा गर्दै जानेहो भने आगामी दिनमा हाम्रो संस्कृति कहाँ पुग्नेछ हामीले बुझ्न जरुरी देखिन्छ ।अत: धन त्रयोदशलाई किनमेलको दिन मानेर होइन, आयुर्वेदको दिन मानेर उपयोग गरौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *