धराप थापेर दुई पोथी गैँडा मार्ने गिरोह समातियो

घटना

काठमाडौँ- चितवन राष्ट्रिय निकुञ्जमा धरापमा पारेर गैँडा मारेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले नौ जनालाई पक्राउ गरेको छ। गत कात्तिक ३० गते खाग निकालिएको अवस्थामा निकुञ्जमा १८ वर्ष र ६ वर्षका पोथी गैँडा मृत भेटिएका थिए।

चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टर अन्तर्गत चप्परचुली पोस्टबाट साढे तीन किलोमिटर दक्षिण पश्चिममा धरापमा ती गैँडा परेका थिए। धरापका परेका गैँडाको तस्करहरुले खाग काटेका थिए।

निकुञ्जका अनुसार पक्राउ पर्नेमा मकवानपुरका ४७ वर्षीय शमशेर थिङ, रोल्पाका २७ वर्षीय अर्जुन रोका, चितवन राप्ती नगरपालिका ११ का ४३ वर्षीय आइते सिंह मोक्तान, मकवानपुरका ३३ वर्षीय रमेश खाती, ५८ वर्षीय सीताराम थिङ र धनबहादुर गुरुङ छन्।  त्यस्तै, भीम तामाङ र उनसिंह स्याङ्तान पनि पक्राउ परेका छन्।

केन्द्रीय अनुसन्धान ब्युरो र चितवन राष्ट्रिय निकुञ्जको अनुसन्धानबाट अभियुक्त भेटिएका हुन्। सरकारले घटनाको छानबिन गर्न राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उप–महानिर्देशक वेद कुमार ढकालको संयोजकत्वमा गठन गरेको छानबिन समितिले पनि यसबारे अनुसन्धान गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *