नारायणगढ–मुग्लिनको भतेरीमा बस र तेल ट्यांकर ठोक्किँदा १६ जना घाइते

सबै

नारायणगढ–मुग्लिन सडक खण्डको भतेरी भन्ने स्थानमा बस र तेल ट्यांकर ठोक्किदा बसमा सवार १६ जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

शनिबार दिउँसो ३ः०० बजेको समयमा नारायणगढबाट पोखरा जाँदै गरेको ग २ ख १४०१ नम्बरको बस सोही दिशातर्फ जादै गरेको ना ७ ख ५४९१ नम्बरको पेट्रोल बोकेको तेल ट्याङकरको पछाडि ठोक्किदा बसमा सवार १६ जना यात्रु घाइते भएका हुन् ।

घाइतेहरुको चितवन मेडिकल कलेज र पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ। दुवै सवारी साधन र ट्यांकर चालक वीरगञ्ज महानगरपालिका–१६ बस्ने बर्ष ४२ को परवेज आलम प्रहरीको नियन्त्रणमा छन् ।

चितवन मेडिकल कलेजमा १० जना, पुरानो मेडिकल कलेजमा एक जना र भरतपुर अस्पतालमा चार जना यात्रु उपचाररत छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *