नेइमारले तोडे पेलेको सर्वाधिक गोलको रेकर्ड

खेलकुद

ब्राजिलका फुटबल खेलाडी नेइमारले लेजेन्ड पेलेको सर्वाधिक गोलकर्ताको कीर्तिमान तोडेका छन् । शनिबार ब्राजिलले बोलिभियालाई ५–१ ले हराउँदा नेइमारले दुई गोल गरेका छन् ।

ब्रजिलका लागि १२५ औं खेल खेलेका नेइमारले पहिलो हाफमा पेनाल्टी मिस गरेका थिए । तर दोस्रो हाफमा दुई गोल गरे र पेलेको ७७ गोलको रेकर्ड तोडे । ब्राजिलका लागि नेइमारले गरेको गोल संख्या ७९ पुगेको छ ।

यो रेकर्डमा पुग्छु भनेर कहिल्यै सोचेको थिइन’ ३१ वर्षका नेइमारले भने, ‘म पेले वा राष्ट्रिय टिमका अरु खेलाडी भन्दा राम्रो होइन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *