न्युजिल्याण्लाई हराउदै १२ वर्षपछि विश्वकप क्रिकेटको फाइनलमा पुग्यो भारत

खेलकुद

एकदिवसीय विश्वकप क्रिकेटको सेमिफाइनलको खेलमा न्युजिल्याण्डलाई पराजित गर्दै फाइनलमा पुगेको छ। न्युजिल्याण्डलाइ ७० रनले पराजित गर्दै भारत १२ वर्षपछि एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा पुगेको हो। 

सेमिफाइनलमा भारतले कीर्तिमानी ३९७ रन बनाएको थियो । जवाफमा न्यूजिल्याण्डको पुरा टिम ३२७ रनमा आउट भयो । यो विश्वकपमा भारतको लगातार १० औँ जित पनि हो ।

भारतका लागि मोहम्मद सामीले सर्वाधिक ७ विकेट लिए भने न्युजिल्याण्डको इनिङ्समा ड्यारेल मिचेलले सर्वाधिक रन बनाए । उनले ११९ बलमा १३४ रन बनाए । कप्तान केन विलियम्सनले ६९ र ग्लेन फिलिपले ४१ रन बनाए ।

न्यूजिल्याण्डको इनिङ्समा कप्तान केन विलियम्सनले ड्यारेल मिचेलसँग १८१ रनको साझेदारी गरेका थिए । यस क्रममा ड्यारेल मिचेलले ८५ बलमा आफ्नो शतक पूरा गरे । यो विश्वकपमा मिचेलको दोस्रो शतक हो । उनले यो विश्वकपमा भारतविरुद्ध पहिलो शतक प्रहार गरेका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *