पहिरोले दुई बस बगाउँदा त्रशूलीमा बेपत्ता

सबै
Oplus_0

नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरो बगाउँदा दुईवटा बस त्रिशूली नदीमा बेपत्ता भएको छ । ती बसमा चालकसहित ६५ रहेका बताइएको छ ।

आज बिहान ३:३० बजे दुई बस त्रिशूलीमा खसेका हुन् । काठमाडौँबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको एञ्जल बस त्रिशूलीमा खसेका हुन् ।

गौर जाँदै गरेको बसमा ४१ र काठमाडौँ जाँदै गरेको बसमा २४ जना रहेका थिए । उद्धारको काम थालिएको छ । पहिरो पन्छाउन सुरु गरिएको छ । ती बसमा रहेका यात्रुको यकिन विवरण प्राप्त भइ नसकेको जानकारी प्राप्त भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *