हिजो क्रिसमस मनाईसके पछि बिभिन्न देशहरुमा आज अर्थात २६ डिसेम्बरको दिन बक्सिङ डे मनाईन्छ ।
क्रिसमस सँगै मनाईने यो दिनको न्युजिल्याण्ड, अष्ट्रेलिया, बेलायत, क्यानडा लगायतका देशमा बिशेष महत्व रहने गर्दछ । यो दिन देश्भर सार्वजनिक बिदा दिईन्छ । क्रिसमस कै भोलिपल्ट मनाईने बक्सिङ डे के हो त आज हामी यसबारेमा चर्चा गर्दै छौ ।
बक्सिङ डेको सुरुवात बेलायतबाट भएको हो । पछि यसलाई अन्य कमनवेल्थ राष्ट्रहरुले पनि मनाउन थालएका हुन् । यस दिनको सुरुवात गरिबलाई दान गर्ने चलनबाट भएको हो । पुरानो समयमा मानिसहरूले यस दिन गरिबहरूलाई उपहारले भरिएको बक्सहरू दिने गर्थे। तर, समय परिवर्तनसँगै यो दिवस मनाउने उद्देश्यमा पनि धेरै परिवर्तन आएको छ । प्रत्येक वर्ष, क्रिसमसको अर्को दिन मनाइने यो विशेष अवसरमा, मानिसहरू आफ्नो परिवारसँग समय बिताउँछन्। बिदाको दिन भएकाले यस दिन मानिसहरु आफ्नो परिवारसँग किनमेल गर्न जान्छन् । यो दिन बजारहरुमा सामान भारी छुटमा राखिएको हुन्छ । पहिलेका जमानामा मानिसहरूले यस दिन आफ्ना सेवकहरूलाई उपहार दिने गर्दथे र क्रिसमसको भोलिपल्ट बिदा दिने गर्दथे, ताकि उनीहरूले आफ्नो परिवारसँग समय बिताउन सकून्। हाल जर्मनी, हंगेरी, नेदरल्याण्ड र पोल्याण्ड जस्ता युरोपका धेरै देशहरूमा यो दिनलाई दोस्रो क्रिसमस डेको रूपमा मनाइन्छ।
आजको दिनमा मानिसहरु दिल खोलेर किनमेल गर्छन्, किनकि यो विशेष अवसरमा धेरै कम्पनीहरुले मानिसहरुलाई धेरै अफर दिन्छन् । उही समयमा, केहि मानिसहरूले यस दिन क्रिसमसमा धेरै खाना तयार पार्छन्। क्रिसमस बक्सको आधारमा यस दिनको नाम बक्सिङ डे हो। यसअन्तर्गत खाँचोमा परेकाहरूलाई पैसा, खाना र उपहार दिने काम गरिन्छ।
