मोरङ – विराटगनरमा भएको बलात्कारको घटनामा तीन जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार धनुषा जिल्ला मिथिला नगरपालिकाका ४० वर्षीय टेकबहादुर तामाङ, २० वर्षीय विनोद चौहान र १६ वर्षीय किशोर पक्राउ परेका हुन्।
मोरङ प्रहरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक रञ्जनकुमार दाहालले घटनामा २५ वर्षीया पीडितले दिएको किटानी जाहेरीका आधारमा उनीहरूलाई पक्राउ गरेको हो। तामाङ प्रदेश २–०४–००१ ख ००२१ नम्बरको ट्रकका चालक र चौहान सहचालक हुन्। १६ वर्षीय किशोर भने अर्को ट्रकमा काम गर्ने सहचालक भएको प्रहरीको भनाइ छ।
उनीहरूले आइतबार बिहान विराटनगर बसपार्कबाट युवतीलाई विराटनगर महानगर ३ स्थित एक खुला चौरमा बलात्कार गरेको प्रहरीले जनाएको छ।
ट्रक चालक तथा सहचालक आइतबार राति ट्रक पार्किङ गरेर खाना खान बसपार्कस्थित एक होटलमा पुगेका थिए। खाना खाएपछि सिटी सफारीबाट ट्रक पार्किङ गरेको स्थान फर्कने क्रममा सफारीमा यात्रा गरिरहेकी युवतीलाई फकाएका थिए।
प्रहरी प्रवक्ता दाहालका अनुसार आइतबार राति खाना खाएर फर्कने क्रममा युुवतीलाई फकाएर उनीहरूले पार्किङ गरिराखेको दुई वटा ट्रकको बीचमा घटना गराएका हुन्। घटना सार्वजनिक भएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
प्रहरी प्रवक्ता दाहालका अनुसार पक्राउ परेकाविरुद्ध जबरजस्ती करणी मुद्दा चलाउन सोमबार म्याद थप गरेर अनुसन्धान थप प्रक्रिया अघि बढेको छ।
