बारा प्रहरीले अबैध सामान सहित एउटा ट्रक नियन्त्रणमा लिएकाे छ। विरगंजबाट झापातर्फ जादै गरेको ना.३.ख.७१६३ नं.को ट्रक बाराकाे जितपुरसिमरा उप-महानगरपालिका वडा नं.०७ अमलेखगंज चोकबाट नियन्त्रणमा लिएकाे हाे ।
बिशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले शनिबार विहान ०१:१५ बजेको समयमा विरगंजबाट झापातर्फ ट्रकलाई रोकी चेक जाँच गर्दा हार्डवेयर तथा अटो पार्टका सामानहरू बिल विजक भन्दा बढीकाे फेला परेका कारण नियन्त्रणमा लिइएकाे जिल्ला प्रहरी कार्यालय बाराले जनाएकाे छ। श्रोत खुलाउन नसकेको अन्दाजी मूल्य पर्ने ६२ लाख ६१ हजार ५ सय ३७ बराबरको सामान सहित ट्रक नियन्त्रणमा लिई आवश्यक कानूनी प्रकृया अगाडि बढाईएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएकाे छ ।
