बालाचतुर्दशी ( शतबीज छर्ने दिन) पर्वको विशेषता

ब्लग

यसवर्ष २०८०मार्गशीर्ष २५ गते  सोमवार  बालाचतुर्दशीपर्व रहेको छ। यसपावनतिथिमापितृका नाममा दीपदान गरेर बालाचतुर्दशी पर्व मनाइन्छ । काठमाडौंको पशुपतिनाथ मन्दिर साथै देशभरका शिवालयमा अघिल्लो दिन त्रयोदशीको संन्ध्याकालदेखि रातभर आफ्ना दिवंगत पितृहरूको संझनामा अखण्ड दीपबाली देहउत्सर्गभएका हरूको मुक्ति को कामना गर्ने गरिन्छ।  

रातभर जाग्राम बसिभजनकीर्तन गरी दीप प्रज्वलन गरेपश्चात भोलिपल्ट प्रातकालमा शतबीज छर्ने विधान शास्त्रमा  बर्णन गरिएकोछ। शतबीजभन्नाले सयबीज हुन्छ।

मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन जाग्राम बसेर   दीप प्रज्वलन गर्नाले पितृदोषबाट मुक्ति मिल्ने शास्त्रोक्त वचन रहेको छ।

 शतबीजमा अहिले सात अन्नको प्रयोग भएको देखिन्छ  । (धान, गहुँ, मास, मुंगी, कागुन चना आदि ) 

   प्रातकालमा स्नान गरेर शुद्ध र श्रद्धापूर्वक  शतबीज छर्नका लागि शिवालयनजिकका जंगलहरुमा साथै काठमाडौं पशुपतिनाथ ,  किँरातेश्वर महादेव, गौरीघाट,  श्लेषमान्तक वन, 

 देवघाटधामलगायतका स्थानहरुमा शतबीज छर्ने दर्शनार्थीहरुकोसमागम  हुन्छन् ।

( शतबीज विजारोपणको प्रारम्भ )

####बाला खासमा एक असुरको नाम हो।  बालालेजलाउनका लागि ल्याइएका शवहरु खाइदिने, 

मृतकका आफन्तलाई तर्साउने 

 दुःख दिने  कार्य गर्दथे।

 उसकोकार्यबाट सबै दुखिभएका थिए। सबैलाई सुखदिनकालगि-

राजाले ब्रिसलाई बोलाएर बालालाई मार्न निर्देशन दिन्छन् । 

ब्रिस र बाला साथी  रहेकालेआफ्नो साथी बालाको हत्या गर्न ब्रिसले सक्दैनन् । एकातिर राजाको आदेश, अर्कोतिर आफ्नो साथीको हत्या । बढो आपतमापरे ब्रिस । 

उनले श्लेषमान्तक वनमा गएर भगवना शिवको तपस्या गर्नथाले। उनको तपस्याबाट प्रसन्न भएका भगवान शिवले बालाको असुर प्रवृत्तिलाई मुक्त गरिदिनुहुन्छ। 

 बालालाई पापबाट मुक्त गराउन ब्रिसलाई शतबीज छर्न आदेश दिनुहुन्छ।

 यही दिनदेखि शतबीजारोपण प्रारम्भ  भएको मानिन्छ ।

 यसपावनदिवसमा भगवानको दर्शन , स्पर्शन र पूजन गर्नाले  मनुष्यकाे पुनर्जन्म हुँदैन , अर्थात् मनुष्य मुक्त हुन्छ ,भनिएको छ।

    *सुवर्णरतिकातुल्यं व्रीहिमेकं परिक्षिपेत्। 

मृगस्थलीं परिभ्रम्य पुनर्जन्म न विद्यते। 

पूजयेत्पशुपं देवं  गुह्येशीं परमेश्वरीम्।

 वासुकीं नागराजञ्च तद्दिने  परिपूजयेत्।

यसपावन तिथिमा भगवानको दर्शन , पूजन  मात्र  गर्नालेपनि अत्यन्त  पुण्यलाभ हुन्छ ,अन्तमा मुक्ति मिल्दछ भनी शास्त्रीय वचन रहेको छ।

आचार्य पण्डित प्रकाश पाण्डे

Leave a Reply

Your email address will not be published. Required fields are marked *