बिल आफु नतिर्नी अनी कुलमानको ज्यादती थेग्न नसक्ने भन्दै लाइन नकाटिएका १९ उद्योगीले आफ्नै उद्योगमा लगाए ताला

घटना

प्राधिकरणले फर्जी बिल पठाएर उद्योगको लाइन काट्न थालेको भन्दै उद्योगीहरुले प्राधिकरणलाई दबाब दिन आफैं उद्योग बन्द गर्न थालेका छन् । प्राधिकरणले बक्यौता रकम नतिरेको भन्दै उद्योगको लाइन काट्न थालेपछि लाइन जोड्न दबाब दिँदै उद्योगीहरुले भैरहवा क्षेत्रका १९ वटा उद्योग बन्द गराएका हुन् । 

प्राधिकरणको कदमको विरोध गर्दै घराना फुड्स, पञ्चकन्या प्लाष्टिक इण्डष्ट्रिज, पञ्चकन्या स्टिल, सिद्धार्थ पेट प्लाष्ट, एसआर फुड्स, यशोधा फुड, गोयनका फुड्स, एभरेष्ट रोलिङ इण्डष्ट्रिज र सोना प्याकेजिङ इण्डष्ट्रिज उद्योग बन्द गरिएका हुन् । उद्योगीहरुले एसआर स्टिल, शुभलक्ष्मी पोलिमर्स, सोना पोलिमर्स इण्डष्ट्रिज, नेशनल रवर इण्डष्ट्रिज, नव नेपाल प्लाष्टिक इण्डष्ट्रिज, जय दुर्गा प्लाष्टिक इण्डष्ट्रिज, श्याम प्लाष्टिक उद्योग, एजी हेल्थ इण्डष्ट्रिज, जीवी टेक्सटाइल उद्योग र भलवारी चामल कारखाना पनि बन्द गरेका छन् ।

उद्योग बन्द गराएका घराना फुड्सका सञ्चालक विकास गोयन्काले विद्युत प्राधिकरणको ज्यादतीमा परेर लाइन काटिएका उद्योगहरुको साथमा हामी पनि छौँ भन्ने सन्देश दिन र प्राधिकरणको ज्यादतीमा परेका उद्योगहरुको आन्दोलनमा ऐक्यवद्धता जनाउन आफूहरुले स्वतःस्फुर्त रुपमा उद्योग बन्द गराएको बताए । उनले ट्रंक लाइन र डेडिकेटेड फिडरमा प्राधिकरणले अन्यायपूर्वक बिल पठाउने र लाइन काट्ने गर्न थालेपछि बिना कुनै शर्त लाइन जोड्न माग गर्दै पीडित उद्योगहरुको आन्दोलनमा समर्थन जनाउँदै भैरहवा क्षेत्रका १९ उद्योग बन्द गरिएको बताए । गोयन्काले प्राधिकरणले लाइन काटेका ४ उद्योगमा लाइन नजोडेसम्म आफूहरुले पनि उद्योग नचलाउने बताए ।

सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर श्रेष्ठले बुटवल–भैरहवा करिडोरका उद्योगले बिजुली नै नमागेको भए पनि प्राधिकरणले बिना प्रमाण अतिरिक्त बिजुली उपभोग गरेको भन्दै बिल पठाउने र लाइन काट्ने गर्न थालेपछि पीडित उद्योगी र मजदूरको पक्षमा ऐक्यवद्धता जनाउन थप १९ उद्योगका सञ्चालकले उद्योग बन्द गरेको बताए । उनले प्राधिकरणले बिना कुनै शर्त लाइन नजोडे यो क्रम अझै बढ्ने पनि बताए ।

उनका अनुसार अहिले बुटवल–भैरहवा करिडोरमा प्राधिकरणले लाइन काटेका ४, बिल पठाएका १७ र यी उद्योगको पीडामा साथमै छौँ भनेर बन्द गरिएका १९ गरि कुल ४० उद्योग बन्द भएका छन् । 

एउटा करिडोरका ४० वटा उद्योगहरु बन्द हुँदा हजारौँ मजदूरको विचल्लि भएको छ । आइतबार भैरहवा क्षेत्रमा मजदूरहरुले प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङविरुद्द प्रदर्शन नै गरेका थिए । आज सोमबार पनि मजदूरहरुले विभिन्न क्षेत्रमा प्रदर्शन गर्दैछन् । 

विराटनगर लगायतका पूर्वी औद्योगिक क्षेत्रमा पनि लाइन काटिएको विरोधमा मजदूरहरुले प्रदर्शन सुरु गरेका छन् 

Leave a Reply

Your email address will not be published. Required fields are marked *