बिहीबार राति भारत ले अफगानिस्तानविरुद्धको खेलमा हातमा कालो पट्टी किन बाँधे?

अन्तर्राष्ट्रिय खेलकुद

काठमाडौँ । आईसीसी टी–२० विश्वकपको सुपर–८ चरणमा बिहीबार राति भारत र अफगानिस्तानबिच खेल भएको थियो । त्यो खेलमा भारतले अफगानिस्तानलाई ४७ रनले हराएको थियो ।

अफगानिस्तानविरुद्धको उक्त खेलमा भारतीय खेलाडीहरु हातमा कालो पट्टी बाँधेर मैदानमा ओर्लिएका थिए । भारतीय खेलाडी खेलाडी कालो पट्टी बाँधेर विश्वकप खेल्न मैदानमा ओर्लिएपछि धेरैले सामाजिक सञ्जालतर्फत यस विषयमा चासो ब्यक्त गरेका थिए ।

खासमा भारतीय टोली अफगानिस्तानविरुद्धको खेलका लागि मैदानमा ओर्लनुअघि भारतका एक पूर्वक्रिकेटरको निधन भएको थियो । भारतीय टोलीबाट टेस्ट क्रिकेट खेलिसकेका पूर्वखेलाडी डेभिड जोन्सनले आत्महत्या गरेका थिए ।

सोही घटनाप्रति शोक ब्यक्त गर्दै भारतीय खेलाडी अफगानिस्तानविरुद्धको खेलमा हातमा कालो पट्टी बाँधेर मैदानमा ओर्लिएका हुन् । डेभिडले बिहीबार बेंगलुरुस्थित आफ्नै घरको चौथो तल्लाबाट फालहानेर आत्महत्या गरेका हुन् ।

५३ वर्षीय पूर्वक्रिकेटर डेभिडले आत्महत्या गर्नुको कारण भने खुलेको छैन । उनी आफ्नो घरनजिकै क्रिकेट एकेडेमी चलाउँथे । डेभिड जोन्सनले भारतका लागि दुईवटा टेस्ट पनि खेलेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *