बिहे गरेको ४० दिन डिभोर्स कारण पति गन्हाउने र बिरलै मात्र नुहाउने

घटना

बिहे गरेको ४० दिन पनि नपुगी एक जना महिला पतिसँग डिभोर्स गराइदिन माग गर्दै परिवार परामर्श केन्द्र पुगेकी छन्। महिनामा एक वा दुई पटक मात्रै नुहाउने गरेको भन्दै भारतको उत्तर प्रदेश आगराकी ती महिला स्थानीय परिवार परामर्श केन्द्रमा पुगेकी थिइन्।

पति गन्हाउने गरेको, बिरलै मात्र नुहाउने गरेको र मैला हुँदा लुगा समेत नफेर्ने गरेको महिलाको गुनासो थियो।
पतिको जिउ गन्हाएर नजिक समेत उभिन गाह्रो भएको उनको भनाइ थियो।

यसबारे पतिसँग सोधपुछ गर्दा आफूले महिनामा एक दुई पटक मात्रै नुहाउने गरेको र हप्तामा एक पटक गंगाजल छर्केर शरीरको शुद्धीकरण गर्ने गरेको परामर्श केन्द्रलाई बताएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *