बैतडी जिप दुर्घटना हुँदा चारजना घाइते

सबै

बैतडी-झुलाघाट खण्डमा जिप दुर्घटना हुँदा चारजना घाइते भएका छन्। बैतडीकाे गाेठालापानीबाट झुलाघाट जाँदै गरेकाे सु प्र प्र ०१ ज १५०० नम्बरकाे जिप दुर्घटना हुँदा चारजना घाइते भएका हुन्। घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल बैतडी ल्याइएकाे बैतडीका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए। जिप सडकबाट ५० मिटर तल खसेर भिरमा अड्किएकाे छ।

दुर्घटनामा चालकसमेत घाइते भएका छन् भने दुर्घटनाकाे कारण थाहा हुन नसकेकाे प्रहरीले जनाएकाे छ। दुर्घटनाग्रस्त जिपमा एकजना महिला च्यापिएर आधा घण्टापछि उद्धार गरेर अस्पताल लगिएकाे स्थानीय स्वास्थ्यकर्मी सुरज भट्टले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *