चितवनको रत्ननगर नगरपालिका १० टाँडीका कैलाशराज मिश्र ८ दिन देखि बेपत्ता भएका छन ।
साउन १३ गतेदेखि बेपत्ता उनको खोजी गरिदिन परिवारले अपिल गरेको छ । भरतपुरको अर्बिट स्कूलमा अध्यापन गराउने र बोष्टन कलेजमा अध्ययन गर्दै आइरहेका उनि १३ गते साँझदेखि परिवारको सम्पर्कमा छैनन ।
उनले चलाउने बा १४ च ५०१ नक्वरको कार भरतपुर २९ दासढुंगाको पुल नजिक फेला परेको उनका काका किशोरदत्त मिश्रले नारायणी अनलाइनलाई जानकारी दिए । उनको प्रहरी र आफन्तले नियमित खोजी गरेपनि केही पत्ता लाग्न सकेको छैन ।
