बोस्टन इन्टरनेशनल कलेजकी छात्रा अन्जली झँवरलाई विश्वविद्यालयको स्वर्ण पदक

विज्ञान/प्रविधि

चितवन, असोज ६

भरतपुरको बोस्टन इन्टरनेशनल कलेजकी छात्रा अन्जली झँवरले उत्कृष्ट नतिजा ल्याएकोले स्वर्ण पदक प्राप्त गर्ने भएकी छन् ।

कलेजले आज एक सूचना सार्वजनिक गर्दे सबै आठवटा समेस्टरमा ४ जीपीए ल्याएकोले उनले स्वर्ण पदक प्राप्त गर्ने जनाएको हो ।

मारवाडी परिवारमा जन्मिएकी अन्जलीले अध्ययनको साथसाथै परिवारको खाद्यान्न व्यापारमा सहयोग गर्दे आइरहेकी थिइन् । उनलेबोस्टन कलेजको आन्तरिक परीक्षादेखि सबै विश्वविद्यालयको परीक्षामा ४ जीपीए नै ल्याएकी थिइन् । कलेजका अनुसार अन्जलीनाँच्न, गाउन र कलेजका हरेक अतिरिक्त क्रियाकलापमा पनि उत्कृष्ट रहँदै आएकी थिइन् ।

स्वर्ण पदक पाउने भएपछि खुसी हुँदै अन्जलीले भनिन्, ‘ अब मेरो सोच राम्रो अंक ल्याएर एमबीए उर्तीर्ण गर्ने छ । पेसाको रुपमा भनेभविष्यमा इभेन्ट म्यानेजरको रुपमा काम गर्न चाहन्छु ।’

भरतपुर महानगरपालिका–३ बेलचोककी स्थायी बासिन्दा अन्जलीले एसएलसी सिद्धार्थ बोर्डिङ स्कुल, कक्षा ११ र १२ अरोमा कलेजबाटउतीर्ण गरेकी थिइन् । बुबा व्यवसायी महेश झँवरको खाद्यान्न व्यापारलाई सफल बनाउन अन्जलीको महत्वपूर्ण योगदान रहेको छ ।उनले आफ्नो हजुरबुबाहरु सोहनलाल झँवर र मामाघरको हजुरबुबा सोहनलाल डागालाई जीवनको प्रेरणाको स्रोत मान्दै आइरहेकी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *