ब्रीज एजुकेसन सिमरा ले सिमरा उपमहानगरपालिका मा रहेको सिमरा युनाईटेड क्लबलाई २२ सेट फुटबल जर्सी वितरण गरिएको छ। ब्रीज एजुकेसन सिसरा को सन्चालक खेलकुद प्रेमी अशोक कडेल ले सिमरा युनाईटेड क्लबलाई २२ सेट फुटबल जर्सी वितरण गरेका हुन्।
एक कार्यक्रमका बिच २२ सेट जर्सी ब्रीज एजुकेसन सिसरा को तर्फ बाट प्रविन गौतम र ईशान खनाल ले क्लवका फाउण्डर निरज जंग थापा र मेनेजर रवी पौडेल लाई सेट हस्तान्तरण गरेका थिए।
कार्यक्रममा क्लवका कोच प्रज्जोल थापा मगर को साथै क्लब को सम्पुर्ण खेलाडी को सहभागीता रहेको थियो। क्लब को खेलाडी विवेक बुढाथोकी ले खुसि ब्यक्त गर्दै क्लबलाई यसरी कसैले पनि सहयोग नगरेको बताए।
फुटबल जर्सी वितरण गरी सहयोग गरेकोमा क्लवका फाउण्डर निरज जंग थापा र मेनेजर रवी पौडेल ले ब्रीज एजुकेसन सिसरा लाई धन्यवाद ब्यक्त गर्दै माया को चिनो समेत प्रधान गरेका छन्। यस्तै ब्रीज एजुकेसन सिसरा को सन्चालक अशोक कडेल ले सहयोग गर्दा खुसी लागेको बताए । फुटबल खेलको विकास गर्न केही हद सम्म भए पनि सहयोग पुग्ने लक्ष राखेर जर्सी वितरण गरिएको हो। साथै उनले आफुले सामाजिक सेवामा सहयोग सहकार्य रहदै आएको बताउँदै आगमी दिनमा पनी सक्दो सहयोग गर्ने बाचा समेत ब्यक्त गरेका छन्।


