भोजपुरमा १७ वर्षीया किशोरी बलात्कृत

घटना

भोजपुर । भोजपुरमा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पुरुष पक्राउ परेका छन् । साल्पासिलिछो गाउँपालिका-६ सालेवा बस्ने ५० वर्षीय कमल दर्जीलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको हो । 

कमलले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी दोभानेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाइएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *