मोरङमा १० बोरा मा २१८ किलो गाँजासहित एक जना पक्राउ

घटना

२७ वैशाख, मोरङ । मोरङ प्रहरीले २१८ किलो गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोरङको जहदा गाउँपालिका-३का २४ वर्षीय भगवान किस्कु रहेका छन् ।

उनलाई विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले बिहीबार बिहान पक्राउ गरेको हो ।

पक्राउ परेका उनको साथबाट १० बोरा गाँजा (२१८ किलो १७५ ग्राम) बरामद गरेको जिल्ला प्रहरी कार्यालय मोरङका इन्स्पेक्टर किशोर लोप्चनले बताए ।

उक्त गाँजा मकैबारीमा गहुँको भुषामा लुकाई छिपाई राखेको अवस्थामा प्रहरीले बरामद गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *