
रामेछापको लिखु तामाकोशी गाउँपालिका– ६ खिम्तीको बिर्ता लामपानीमा आज बिहान बस दुर्घटना हुँदा चालकसहित आठजना घाइते भएका छन् ।
सोही वडाको गैरी हुँदै मन्थलीतर्फ आउँदै गरेको बा.५ख ५६२४ नम्बरकाे अरनिको यातायात प्रालिको बस हिलोमा चिप्लिएर दुर्घटना भएको र घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरीले बताए ।
दुर्घटनामा घाइते भएकाकाे खिम्तीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्र र मन्थली अस्पतालमा उपचार भइरहेको र गम्भीर भएकालाई काठमाडौं पठाइएको छ । बसमा २५ यात्रु सवार रहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धानका लागि चालकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।