रौतहटमा एक युवतीको शव फेला परेको छ

सबै

शनिवार दिउँसो राजपुर नगरपालिका–९ स्थित लाल बकैया खोलाको पश्चिम बाँधको बाटोमा युवतीको शव फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार शव फेला परेको युवतीको उमेर अन्दाजी २०/२२ वर्ष छ उनको परिचय भने खुलेको छैन ।

फेला परेको शवलाई प्रादेशिक अस्पताल गौरमा राखिएको डिएसपी केसीले जानकारी दिएका छन। घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *