श्रीलंका सरकार ले गर्यो क्रिकेट बोर्ड भंग

अन्तर्राष्ट्रिय

श्रीलंकाले आफ्नो क्रिकेट बोर्ड भंग गरेको छ। विश्वकपमा श्रीलंकाले खराब प्रदर्शन गरेको भन्दै आफ्नो क्रिकेट बोर्डनै भंग गर्ने निर्णय गरेको हो। श्रीलंकाका खेलकुद मन्त्री रोशन रणसिंघेले श्रीलंका क्रिकेट बोर्ड भंग गर्ने निर्णय गरेका हुन्।

जारी विश्वकपमा श्रीलंकाले ७ खेलमा २ खेलमा मात्र जित हासिल गरेको थियो। २ नोभेम्बरमा श्रीलंका विश्वकपबाट औपचारिक रुपमा बाहिरिएको थियो।

केही दिन अघी श्रीलंकन क्रिकेट (एसएलसी) का सचिव मोहन डी सिल्वाले भारत विश्वकमा आफ्नो टिमको निरासाजनक प्रदर्शनपछि राजिनामा दिएका थिए। भारतसँगको सर्वनाक हारपछि श्रीलंकाका खेलकुद मन्त्री रोशन रणसिंघेले एसएसली प्रशासनको सामूहिक राजीनामाको माग गरेका थिए।

रणसिंघेले एक विज्ञप्ती जारी गर्दै यो हारको पछि श्रीलंकन क्रिकेट र छनोटकर्ताहरू मुख्य दोषी रहेको भन्दै तत्काल सबैलाई राजीनामा दिन दबाब दिएका थिए।

शम्मी सिल्वाको अध्यक्षतामा रहेको एसएलसी प्रशासनले भने वानखडेमा भारतसँगको सर्वाधिक लज्जास्पद हारको जाँचबुझ रिपोर्ट माग गरेको थियो।

सिल्वा श्रीलंकन क्रिकेटमा निर्विरोध अध्यक्ष चुनिएका थिए। उनको श्रीलंकन क्रिकेटमा लगातार तेस्रो कार्यकाल रहेको थियो। उनको अहिलेको कार्यकाल २०२५ सम्म रहेपनि श्रीलंकन क्रिकेट बोर्ड भंग गरिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *