
आइसिसी टी–२० विश्वकप खेल्न जाने तयारीमा रहेका क्रिकेटर सन्दीप लामिछानेको अमेरिकाको भिसा आवेदन अस्विकृत भएको छ।सन्दीपले सामाजिक सञ्जालमार्फत् अमेरिका जान भिषा नपाएको जानकारी दिँदै नेपाली टोलीलाई शुभकामना दिएका छन्। यसअघि नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीपलाई अमेरिका पठाउने भिषा प्रकृयामा गएको बताएको थियो।
सन् २०१९ मा पनि सन्दीपलाई अमेरिकाको भिषा दिन अस्विकार गरेको थियो। तर, उनले सामाजिक संञ्जालमा यसरी नै पोष्ट गरेपछि भिसा प्राप्त गरेका थिए।बलात्कार आरोपमा सफाइ पाएपछि क्यानले सन्दीपको निलम्बन फुकुवा गरेको छ। फुकुवापछि विश्वकप खेल्ने सम्भावना बढेको आकलन भइरहँदा उनको भिसा आवेदन अस्विकृत भएको हो।