सरकारी कर्मचारीको सङ्गठन नबनाउने राप्रपाको निर्णय 

सबै

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारी कर्मचारीको सङ्गठन नबनाउने निर्णय गरेको छ । काठमाडौँ बसेको केन्द्रीय समितिको बैठकले यस्तो  निर्णय गरेको हो । 

राप्रपाले सरकारी वेतनधारी कर्मचारीको सङ्गठन नबनाउने र विद्यार्थी सङ्गठनलाई गैर राजनीतिक बनाउने निर्णय गरेको हो ।

कर्मचारी राजनीतिमा लाग्दा नागरिकको कामकाज प्रभावित हुने र विद्यार्थीलाई राजनीतिमा लगाउँदा शिक्षा प्रणाली नै ध्वस्त हुने राप्रपाको ठहर छ । यस्तै राप्रपाले २०४६ पछिका उच्च पदस्थ राजनीतिक लाभका पदमा रहेका तथा कर्मचारीहरूको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय स्वतन्त्र नागरिक आयोग गठन सरकारसँग माग गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *