सर्पले डसेर ३ र ८ वर्षीय दुई दिदीबहिनीको उपचारको क्रममा अस्पताल मृत्यु 

घटना

कपिलवस्तुमा सर्पले डसेर एकै घरका दुई दिदीबहिनीको मृत्यु भएको छ । मंगलबार राति सर्पले डसेर गम्भीर बनेका बाणगंगा नगरपालिका वडा नं ९ भलवाडका मोतीलाल क्षेत्रीका ३ र ८ वर्षीय दुई छोरीको उपचारको क्रममा बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल मृत्यु भएको हो ।

वाणगंगा नगरपालिका वडा नं ९ का अध्यक्ष कमल पौडेलले राती अबेरसम्म फिलिम हेरेर झुल लगाएर सुतेका दिदीबहिनीमध्ये बहिनी राती पेट दुखेर आत्तिएपछि गोरुसिंगे लगिएको र त्यहाँ उपचार हुन नसकेपछि बुटवल पठाइएकोमा उपचारका क्रममा दुई बहिनीको नै मृत्यु भएको बताए ।

कपिलवस्तुको भलवाड निवासी ३ वर्षीया रीतिका क्षेत्रीको बिहान र ८ वर्षीया इशिका क्षेत्रीको साँझ मृत्यु भएको प्रादेशिक अस्पताल बुटवलका सूचना अधिकारी डा. नेत्रबहादुर रानाले जानकारी दिए ।

बिहान ४ बजेतिर बिस्तारामा सर्प देखिएपछि सर्प दंशको लक्षण देखिएकी इसिकालाई उपचारका लागि कपिलवस्तु सर्पदंश उपचार केन्द्रमा पुगाएको थियो ।

स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल रेफर गरिएको केन्द्रका व्यवस्थापक नवीन भण्डारीले बताए ।

दिदीलाई उपचार गर्दै गर्दा रीतिकामा सर्प दंशको लक्षण देखिएको स्थानीय नवराज बेल्वासेले बताए । त्यसपछि दिदीबहिनीलाई उपचारका लागि बुटवल लगिएको थियो ।

एकैघरका दुवै छोरीको मृत्यु भएपछि अहिले परिवार र सिङ्गो भलवाड शोकाकुल बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *