सहकारी प्रकरणमा रवि दोषी छैनन्, समाचारमा आएका कुरामा सत्यता छैन: शिशिर खनाल

घटना

काठमाडौं- सहकारी ठगी सम्बन्धी संसदीय छानबिन विशेष समितिका सदस्य शिशिर खनालले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछाने सहकारी प्रकरणमा दोषि नरहेको बताएका छन्।

सोमबार बिहान भएको बैठकपछि पत्रकारको जिज्ञाशामा रास्वपाका सांसदसमेत रहेका सदस्य खनालले यस्तो बताएका हुन्।

‘सहकारीबाट कुनै रकम ल्याएको या कुनैपनि सहकारीमा रवि सदस्य रहेको तथ्य पाइएन। उहाँको प्रत्यक्ष वा परेक्ष रुपमा सहभागी भएर पैसा ल्याएको देखिँदैन’ उनले भने,’समाचारमा आएका कुरा नितान्त अल्ला र अनुमानका आधारमा गरिएका आँकलन मात्र हुन्।’

साथै, उनले अन्तिम भाषामा जान बाँकी रहेको बताएका छन्।

आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा छानबिन समितिका सभापति सूर्य थापाले प्रतिवेदन पेश गर्ने संभावित कार्यसूची नै संसद सचिलायलले निकालेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *