सांसद बनेलगत्तै क्रिकेटको प्रशिक्षणमा फर्किए बंगलादेशका कप्तान सकिब अल हसन

अन्तर्राष्ट्रिय

काठमाडौँ । बंगलादेश क्रिकेट टोलीका कप्तान तथा प्रभावशाली अलराउन्डर सकिब अल हसनले सांसद बनेपछि पनि आफ्नो खेलजीवनलाई निरन्तरता दिने संकेत गरेका छन् । उनी भर्खरै सम्पन्न बंगलादेशको संसदीय निर्वाचनमा विजयी भएका थिए ।

निर्वाचनमा ३६ वर्षिय सकिबले आफ्ना निकट्तम प्रतिद्वन्द्वीलाई एक लाख ५० हजारभन्दा मतान्तरले हराएका थिए । उनले प्रधानमन्त्री शेख हसिनाको पार्टी अवामी लिगबाट चुनाव जितेका हुन् । उनको प्रतिद्वन्द्वी काजी रेजाउल होसैन थिए ।

सांसद बनेपछि पनि उनले आफ्नो खेलजीवनलाई निरन्तरता दिने संकेत गरेका छन् । चुनाव जितेको दुई दिनपछि नै उनले क्रिकेटको प्रशिक्षणलाई निरन्तरता दिएका छन् । उनले मिरपुरस्थित शेर ए बंगला नेशनल स्टेडियममा प्रशिक्षणलाई निरन्तरता दिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *