साइकल पुलमै राखेर नारायणीमा एक पुरुषले हामफाले

सबै

नारायणगढस्थित नारायणी नदीको पुलबाट आइतबार बिहान एकजना पुरुष हामफालेर बेपत्ता भएका छन् ।जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आइतबा बिहान पौने ११ बजे साइकलबाट झरेर करिब ५० देखि ५५ वर्षका पुरुष पुलबाट बाढी उर्लिएको नारायणीमा हामफालेर बेपत्ता भएका हुन् ।

पुलबाट नदीमा हाम फालेर बेपत्ता भएका पुरुषको पहिचान खुलेको छैन । पुरुष हामफालेको उक्त स्थानमा अहिले विपद् व्यवस्थापन इकाइको प्रहरी टोली खटाइएको छ ।हामफालेपछि पुलमा उनले छाडेको साइकल, चप्पल र टोपी लगायतका सामान भेटिएका छन् । पुलबाट हामफालेर बेपत्ता ती पुरुषको खोजी जारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *