‘हनी ट्रयाप’मा पारेर पैसा असुल्ने ३ महिलालाई डेढ वर्ष कैद

घटना

दाङ — एक पुरुषलाई ‘हनी ट्रयाप’मा पारेर १८ लाख रुपैयाँ असुलेको ठहर गर्दै जिल्ला अदालत दाङले तीन महिलालाई डेढ वर्ष कैद सजाय सुनाएको छ ।

घोराहीका एक कानुन व्यवसायीलाई होटेलमा खाजा खान बोलाएर बलात्कारको मुद्दामा फसाउने धम्की दिँदै १८ लाख रुपैयाँ असुलेकोआरोप लागेका तीन महिलालाई जिल्ला न्यायाधीश जगतबहादुर पौडेलको इजलासले मंगलबार जनही डेढ वर्ष कैद र जरिवाना गर्ने फैसला गरेको हो ।

घोराही उपमहानगरपालिका–१५ की ३२ वर्षीया सीतादेवी थापालाई डेढ वर्ष कैद र १५ हजार रुपैयाँ तथा ३५ वर्षीया खुमा वली र ३२ वर्षीया सुष्मा परियारलाई डेढ वर्ष कैदसँगै १०/१० हजार रुपैयाँ जरिवानाको फैसला भएको छ ।

उनीहरुविरुद्ध मुलुकी अपराधसंहिता २०७४ अन्तर्गत ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी कसुरमा मुद्दा दर्ता भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *